गण्डकीमा थपिए ३८ संक्रमित, कास्कीका १९ जना

समाधान संवाददाता २०७७ कार्तिक ५ गते १४:१७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका ५ जिल्लामा ३८ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ ।

थपिनेमा कास्कीका १९ जना छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १९ जनामा कोरोना देखिएको हो ।

पर्वतमा १६, म्याग्दी, गोरखा र बागलुङमा १/१ संक्रमित थपिएका छन् ।

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ६ हजार १ सय ४३ पुगेको छ । संक्रमितमध्ये ३ हजार ६ सय ७९ जना निको भएका छन् भने ५७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया