गण्डकी नेकपा सांसदको पनि भत्ता फिर्ता हुने

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदको दसैं भत्ता फिर्ता हुने भएको छ ।
संसदीय दलको नेतासमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भत्ता फिर्ताको निर्णय भएको जानकारी दिएका छन् ।
‘मन्त्रिपरिषद्ले मन्त्रीहरुको भत्ता फिर्ताको निर्णय गर्याे, दलको छुट्टै निर्णय भएको हो,’ मुख्यमन्त्री गुरुङले समाधानसँग भने ।
बुधबार बिहान मन्त्रिपरिषदको बैठकै बसेर मुख्यमन्त्री र मन्त्रीको खर्च फिर्ताबारे निर्णय मन्त्रीहरुले नै रकम फिर्ताबारे निर्णय गरेपछि सांसदहरु दबाबमा परेका थिए ।
प्रदेश सभामा नेकपाका ४० सदस्य छन् । सभामुख र उपसभामुखले दल त्याग गर्नुपर्ने भएकाले उनीहरुले रकम फिर्ताबारे केही बोलेका छैनन् ।
प्रदेश सभामा १५ सदस्य भएको प्रमुख प्रतिपक्षी दल कांग्रेसले मंगलबार नै निर्णय गरेर दसैं खर्चवापत प्राप्त रकम फिर्ता गरेको थियो ।
३ सदस्य रहेको राष्ट्रिय जनमोर्चाले पनि उक्त रकम फिर्ताको निर्णय गरिसकेको छ ।
२ सदस्य रहेको जनता समाजवादी दलको धारणा भने अहिलेसम्म आएको छैन । गण्डकी प्रदेश सभामा प्रत्यक्ष निर्वाचित ३६ सहित ६० सदस्य छन् ।
मन्त्री र सांसदकाे रकम फिर्ता गर्ने निर्णय भए पनि उनीहरुका पिएले पाएकाे रकम फिर्ता गर्नेबारे प्रसंग चलेकाे छैन ।
कांग्रेस र राजमोका सांसदले पनि भत्ता फिर्ता गर्ने जनाइसकेका छन् ।
कोरोना महामारी सुरुआती बेलामै मुख्यमन्त्री र उनको सचिवालयका सदस्य तथा मन्त्रीहरुले १/१ महिनाको तलब कोरोना कोषमा जम्मा गरेका थिए ।









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया