भिटोफ मुस्ताङ संयोजकमा निरज

समाधान संवाददाता २०७७ कार्तिक ५ गते १७:१५

एसके थकाली, जोमसोम

गाउँ पर्यटन प्रवद्र्वन मञ्च नेपाल (भिटोफ)को मुस्ताङ संयोजकमा निरज थकाली चयन भएका छन् ।

भिटोफका अध्यक्ष नवराज अधिकारीले गाउँ पर्यटन प्रवद्र्वनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरी संस्थाको गरिमा बढाउन आग्रह गरे ।

Advertisement

संयोजक थकालीले मुस्ताङको धार्मिक, सांस्कृतिक, सामाजिक तथा प्राकृतिक जैविक विविधताको रक्षा गर्दै ग्रामिण पर्यटनको प्रर्वद्वनमा सक्रियता पूर्वक लाग्ने बताए ।

उनले मुस्ताङ आउने पर्यटकको बसाई लम्बाउन होमस्टेले योगदान दिने दावी गरे । मुस्ताङमा संचालित ४ होमस्टेलाई थप व्यवस्थित गराउन कार्यसमिति विस्तार गर्ने संयोजक थकालीले योजना सनाए ।

Advertisement

उनले मुस्ताङको पर्यटन प्रर्वद्वन गर्न पर्यटक लक्षीत डकुमेन्ट्री, म्युजिक भिडियो, ब्रोसर, फोटोग्राफी, मुस्ताङको प्रचारप्रसार, नयाँ पर्यटकीय गन्तव्य खोजी गर्ने र ठिनी होमस्टे स्थापनामा महत्वपूर्ण योगदान दिएका छन् ।

थकाली जनमुक्ति युवा क्लब ठिनीको उपाध्यक्ष, पत्रकार महासंघ मुस्ताङको कोषाध्यक्ष, गण्डकी प्रदेशको भ्रमण वर्ष २०२० सदस्य पनि हुन् ।

गाउँ पर्यटन प्रवद्र्वनका लागि मुस्ताङको घरपझोङ गाउँपालिका ५ को ठिनी र घरपझोङ ३ स्याङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका १ मराङ र लोमान्थाङ गाउँपालिकाको चुमजुङ गरी ४ होमस्टे गण्डकी प्रदेशबाट सुचिकृत छन् ।

तपाईको प्रतिक्रिया