नेकपा कास्कीका नेता दम्पतीलाई संक्रमण

समाधान संवाददाता २०७७ कार्तिक ६ गते १०:०१

समाधान संवाददाता, पाेखरा

गण्डकी प्रदेश सभामा नेकपा संसदीय दलकी सचेतक गायत्री गुरुङ र उनका श्रीमान् नेकपा कास्की सचिव कोरोना संक्रमित भएका छन् । दुवै होमआइसोलेसनमा छन् । बुधबार साँझ उनीहरु दुवैको कोरोनो रिपोर्ट पोजेटिभ आएको थियो ।

कन्ट्याक ट्रेसिङमा परेपछि सचिव गुरुङ र उनकी श्रीमतीको कोरोना परीक्षणका लागि स्वाब लिइएको थियो । दुवैमा कोरोनाका लक्षण भने छैनन् । यसअघि प्रदेश सभा अर्थ विकास समिति सभापति दीपक कोइराला संक्रमित भएका थिए । उनी होटल आइसोलेसनमा छन्।

तपाईको प्रतिक्रिया