गण्डकी मेडिकल कलेजमा संक्रमितको मृत्यु
समाधान संवाददाता
२०७७ कार्तिक ६ गते ११:०९

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका १ का ६८ वर्षीया संक्रमित महिलाको गण्डकी मेडिकल कलेज पोखरामा बुधबार साँझ मृत्यु भएको हो ।
मृतकमा कुनै रोग भए/नभएकोबारे प्रदेश स्वास्थ्य निर्देशनालयले खुलाएको छैन । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।
सम्बन्धित









लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
बोन म्यारो पीडित थापाको सहयोग याचना
लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा माया गुरुङ
प्रविधिको विकासले हिंसाका स्वरुप फेरिए
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया