पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भन्यो– संक्रमितले आफ्नो खर्च आफै व्यहोर्नू

समाधान संवाददाता २०७७ कार्तिक ६ गते १२:०४

समाधान संवाददाता, पोखरा

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आफ्नो अस्पतालमा उपचाररत कोरोना संक्रमितले उपचार खर्च स्वयं व्यहोर्नुपर्ने जनाएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोरोना संक्रमितको उपचार निशुल्क हुने बताएका थिए । बुधबारको मन्त्रिपरिषद् बैठकले पनि सोही निर्णय गरेको थियो ।

Advertisement

तर संघ सरकार मातहतको उक्त अस्पतालले कात्तिक ४ देखि लागु हुने गरी सम्पूर्ण खर्च आफै व्यहोर्नुपर्ने जनाएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया