गण्डकीमा आज ९४ संक्रमित थपिए, २ मृत्यु

समाधान संवाददाता २०७७ कार्तिक ६ गते १९:५३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा बिहीबार ९४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा र चितवनमा गरिएको परीक्षणमा ७ जिल्लाका ९४ जनामा पोजेटिभ देखिएको हो ।

कास्कीका ५०, नवलपुरका १६, तनहुँका १२, लमजुङका ६, म्याग्दीका ५, गोरखाका ३ र बागलुङका २ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ६२ सय ६७ पुगेको छ । तीमध्ये ३७ सय ५८ जना निको भएका छन् ।

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । बिहीबार कास्की र तनहुँका १÷१ जनाको मृत्यु पुष्टि भएको छ ।

Advertisement

तनहुँको व्यास नगरपालिका १ का ६८ वर्षीया महिला र कास्कीको पोखरा महानगरपालिका १२ का ६७ वर्षे पुरुषको बिहीबार मृत्यु पुष्टि भएको हो ।

कास्कीका पुरुषको होम आइसोलेसन र तनहुँकी महिलाको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।

तपाईको प्रतिक्रिया