गल्याङ बस्ने सुवास लागुऔषधसहित पक्राउ

समाधान संवाददाता, स्याङ्जा
प्रहरीले लागुऔषधसहित १ युवालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङको टोलीले वालिङ नगरपालिका १३ बाँयाटारीबाट १८ वर्षीय सुवास भन्ने होमबहादुर रोकालाई बिहीबार प्रक्राउ गरेको हो ।
कैलाली गोदावारी ८ स्थायी घर भई गल्याङ नगरपालिका वडा नम्बर ८ बस्ने रोकासंग डाइजेपाम २३ एम्पुल, फेनरागन २३ एम्पुल र नोर्फिन २३ एम्पुल फेला पारेको प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र अधिकारीले जानकारी दिए ।
उनले स्थानीयको सुराकीको आधारमा चेक गर्दा लागुऔषधसहित पक्राउ परेका रोकालाई थप थप अनुसन्धान अगाडि बढाएको बताए । प्रहरीले गल्याङ नगरपालिका ३ भञ्याङबाट २ सय ४५ थान खयर बरामत गरेको छ ।
निवुुवाखर्कबाट गुठीतर्फ आउँदैै गरेको लु ४ त १५२० नम्बरको ट्याक्टरबाट खयर जातको अवैध काठ प्रहरीले फेला पारेको डिएसपी अधिकारीले बताए ।
प्रहरीले काठसहित गल्याङ नगरपालिका २ का २५ वर्षीय दिलीप राना, ट्याक्टरलाई सवडिभिजन वन कार्यालय गल्याङ स्याङजामा बुझाएको छ ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया