गल्याङ बस्ने सुवास लागुऔषधसहित पक्राउ

समाधान संवाददाता २०७७ कार्तिक ७ गते ७:२०

समाधान संवाददाता, स्याङ्जा

प्रहरीले लागुऔषधसहित १ युवालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङको टोलीले वालिङ नगरपालिका १३ बाँयाटारीबाट १८ वर्षीय सुवास भन्ने होमबहादुर रोकालाई बिहीबार प्रक्राउ गरेको हो ।

कैलाली गोदावारी ८ स्थायी घर भई गल्याङ नगरपालिका वडा नम्बर ८ बस्ने रोकासंग डाइजेपाम २३ एम्पुल, फेनरागन २३ एम्पुल र नोर्फिन २३ एम्पुल फेला पारेको प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र अधिकारीले जानकारी दिए ।

Advertisement

उनले स्थानीयको सुराकीको आधारमा चेक गर्दा लागुऔषधसहित पक्राउ परेका रोकालाई थप थप अनुसन्धान अगाडि बढाएको बताए । प्रहरीले गल्याङ नगरपालिका ३ भञ्याङबाट २ सय ४५ थान खयर बरामत गरेको छ ।

निवुुवाखर्कबाट गुठीतर्फ आउँदैै गरेको लु ४ त १५२० नम्बरको ट्याक्टरबाट खयर जातको अवैध काठ प्रहरीले फेला पारेको डिएसपी अधिकारीले बताए ।

Advertisement

प्रहरीले काठसहित गल्याङ नगरपालिका २ का २५ वर्षीय दिलीप राना, ट्याक्टरलाई सवडिभिजन वन कार्यालय गल्याङ स्याङजामा बुझाएको छ ।

तपाईको प्रतिक्रिया