गण्डकीमा थपिए ४२ संक्रमित

समाधान संवाददाता २०७७ कार्तिक ७ गते १०:३०

समाधान संवाददाता, पोखरा 

गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका ९ जिल्लामा ४२ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Advertisement

थपिनेमा नवलपरासीका ११ जना छन् । बागलुङका ९, म्याग्दीका ३, लमजुङ, गोरखा र तनहुँमा २/२ जना छन् । पर्वत, कास्की र स्याङ्जामा १/१ संक्रमित थपिएका छन् ।

गण्डकीमा यससँगै कुल कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ९ पुगेको छ । तीमध्ये ३ हजार ७ सय ५८ जना निको भएका छन् भने ५९ जनाको ज्यान गएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया