गण्डकीमा थपिए १५ संक्रमित
समाधान संवाददाता
२०७७ कार्तिक ७ गते १५:०१

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशका ४ जिल्लामा १५ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका ७ जना छन् । कास्कीकी २४ वर्षीया महिला मातृशिशु अस्पतालमा कार्यरत रहेकी छन् ।
तनहुँमा ५, नवलपरासीमा २ जना र गोखरामा १ संक्रमित थपिएका छन् ।
गण्डकीमा यससँगै कुल कोरोना संक्रमितको संख्या ६ हजार ३ सय २४ पुगेको छ । तीमध्ये जना ३ हजार ७ सय ५८ निको भएका छन् भने ५९ जनाको ज्यान गएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया