कोटभैरव मन्दिरको कोतघरमा भित्र्याइयो फूलपाती

गण्डकी, रासस
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरको कोतघरमा मल्लकालीन परम्परालाई निरन्तरता दिँदै आज फूलपाती भित्र्याइएको छ ।
कोरोना महामारीको विद्यमान अवस्था एवम् प्रशासनको निर्देशनसमेतलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी फूलपाती भित्र्याइएको कोटभैरव मन्दिर संरक्षण एवम् सम्बद्र्धन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए ।
प्राचीन प्रचलनअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी९फूलपाती०का दिन मन्दिरका मगर पुजारीका व्यवस्थापनमा फूलपाती संकलनका लागि व्यक्ति खटाइने र उनीहरूले मन्दिर आसपासका बरमाझथर, बरधारापानी, बरपौवालगायत स्थानबाट फूलपाती ल्याउने प्रचलन छ ।
यसरी फूलपाती भित्र्याउँदा समाज एवम् राष्ट्रको कल्याण हुने जनविश्वास छ ।
देशका अन्य प्रमुख शक्तिपीठमा जस्तै कोटभैरव मन्दिरमा आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी धूमधामका साथ फूलपाती, महाष्टमी, कालरात्रि र महानवमीमा विशेष पूजाआजाका साथै विजयादशमीका दिन सामूहिक टीकाप्रसाद लगाउने प्रचलन रहेको अध्यक्ष महतले जानकारी दिएह ।
मन्दिरमा मगर पुजारीले सरसफाइ एवम् अन्य नियमित पूजाआजा तथा ब्राम्हण पुजारीले सप्तशती पाठ गर्छन् ।
कोरोना महामारीको विद्यमान अवस्थालाई दृष्टिगत गर्दै यस वर्ष भने सामान्य रुपमा ऐतिहासिक परम्परालाई निरन्तरता मात्रै दिइएको बताउँदै उहाँले बाह्य रुपमा आउने दर्शनार्थीका लागि भने पूजाआजामा रोक लगाइएको बताए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया