चेन्नई सुपरकिङ आईपीएलबाट बाहिरियाे

समाधान संवाददाता २०७७ कार्तिक ८ गते ७:४२

एजेन्सी

यस सिजनकाे इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलाे चरणबाटै बाहिरिने पहिलाे टिम सर्वाधिक सफल मध्येकाे एक चेन्नई सुपरकिङ भएकाे छ । साविककाे उपविजेता चेन्नई शुक्रबार राती मुम्बई ईण्डियनसँग लज्जाजनक हार बेहाेर्दै प्रतियाेिगताबाट बाहिरिने निश्चित भएकाे हाे ।

चेन्नईले यस सिजनमा खेलेका ११ मध्ये ८ खेलमा हार बेहाेरेकाे छ भने भने जम्मा ३ खेल जितेकाे छ । अब बाँकि ३ खेल जितेपनि उसकाे देश्राे चरण प्रवेश असम्भव छ । उ रनरेटमा सबै भन्दा पुछारमा छ

Advertisement

शुक्रबार रातीकाे प्रतिस्पर्धामा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई १० विकेटले हराएको छ ।

मुम्बईले एक विकेट पनि नगुमाइ १२.२ ओभरमा ११५ रनको लक्ष्य पूरा गर्यो । मुम्बईको जितमा इशान किसन ६८ र क्विन्टन डिकक ४६ रनमा नटआउट रहे ।

Advertisement

यो जितसँगै मुम्बई अंक तालिकामा १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । साम कुरानले ५२ रन बनाउनबाहेक अन्यको प्रदर्शन खराब रह्यो ।

ओपनर ऋतुराज गायकवाड पहिलो ओभरमै खाता नै खोल्न नसकि आउट भए । उनलाई ट्रेन्ट बोल्टले एलबीडब्ल्यू धरापमा पारे । अर्का ओपनर फाफ डु प्लेसिस पनि ट्रेन्ट बोल्टको बलमा क्याच आउट भए । उनले १ रनमात्र बनाउन सके ।

गायकवाड पछि क्रिजमा आएका अम्बाती रायडु पनि लगत्तै अर्को ओभरमा आउट भए । उनी जसप्रित बुमराहको बलमा क्विन्टन डि ककको हातबाट क्याचआउट भए । अम्बाती रायडुले २ रन मात्रै बनाए ।

त्यसपछि जसप्रित बुमराहले नारायण जगदिशनलाई पनि निशाना बनाए । उनी सूर्यकुमार यादवको हातबाट क्याचआउट भए । जगदिशन पनि खाता खोल्न नपाइ पेभिलियन फर्किए ।

बुमराहलाई ह्याट्रिक विकेट लिने अवसर थियो । तर उनी सफल भने भएनन् । यद्यपि उनले चेन्नाईलाई ठूलो धक्का भने दिए । किनभने सुरुको दुई ओभरमा चेन्नाईले तीन विकेट गुमाइसकेको थियो र रन थियो जम्मा तीन रन ।

कप्तान महेन्द्र सिंह धोनी क्रिजमा आउँदा चेन्नाईको चार विकेट गुमिसकेको थियो । अब क्रिजमा धोनी र रविन्द्र जडेजा थिए । तर उनीहरुको साझेदारी पनि टिकेन । ट्रेन्ट बोल्टको बलमा जडेजा पनि क्याचआउट भए । जडेजाले ६ बलमा ७ रन बनाए ।

धोनीलाई साथ दिन आए साम कुरान । तर धोनी उनलाई छोडेर मैदानबाट बाहिरिन बाध्य भए । धोनी राहुल चहरको बलमा क्याचआउट भए । धोनीले १६ बलमा १६ रन बनाए ।

चेन्नाईलाई विकेट जोगाउनु पर्ने चुनौती थियो । तर धोनी आउट भएपछि ब्याटिङमा आएका दीपक चाहर पनि खाता नखोली आउट भए । चेन्नाईले नौ ओभरमै सात विकेट गुमाइसकेको थियो र स्कोर थियो जम्मा ४४ रन ।

दीपक चाहरपछि आए शार्दुल ठाकुर । उनी २० बलमा ११ रन बनाएर आउट भए । साम कुरान २० औं ओभरमा ट्रेन्ट बोल्टको बलमा आउट भए । उनले ४७ बलमा ५२ रन जोडे । इमरान ताहिर १३ रनमा नटआउट रहे ।

१८ रन खर्चेर ४ विकेट लिएका ट्रेन्ट बोल्ट म्यान अफ द म्याच बने ।

तपाईको प्रतिक्रिया