वैशाखयता विपद्का घटनामा ४ सय ६३ को मृत्यु
समाधान संवाददाता
२०७७ कार्तिक ८ गते ७:४४

रासस
यस वर्षको वैशाखदेखि हालसम्म विभिन्न प्रकारका गरी दुई हजार ४० वटा विपद्का घटना भएका छन्।
यी घटनामा ४६३ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता भएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
यस वर्षका विपद्का घटनामध्ये सबैभन्दा बढी आगलागीका ७१० वटा घटना भएका छन्। त्यसपछि पहिरोको ४८३, चट्याङका २१६ र बाढीका ९७ वटा घटना भएको प्राधिकरणले जनाएको छ।
विपद्का घटनामा परी ज्यान गुमाएका ४६३ जनामध्ये २९५ को पहिरोमा परेर मृत्यु भएको हो।
यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१ जनाको मृत्यु भएको छ।
प्राधिकरणका अनुसार, हिजोआज आगलागीका घटना बढिरहेका छन्। ग्यास पड्किएर, विद्युत् सर्ट भएर, लामखुट्टे मार्ने धुप बाल्दा आगलागी हुने जोखिम भएकाले सचेतता अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया