गण्डकी कोरोना मिटरः थपिए २० संक्रमित, नवलपुरका १६ जना

समाधान संवाददाता २०७७ कार्तिक ८ गते १०:४८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुरको बिपी कोइराला स्मृति क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ४ जिल्लाका २० जनामा पोजेटिभ देखिएको हो ।

Advertisement

कोरोना पुष्टि हुनेमा नवलपुरका १६, गोरखाका २, कास्की र तनहुँका ११ जना छन् ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ६३ सय ७१ पुगेको छ । तीमध्ये ३८ सय १५ जना निको भएका छन् भने ५९ जनाको ज्यान गएको छ ।

Advertisement

मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।

तपाईको प्रतिक्रिया