देशभर थपिए २ हजार २ सय २५ संक्रमित
समाधान संवाददाता
२०७७ कार्तिक ८ गते १६:२५

काठमाडौं
पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
यसमध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँ उपत्यकामा मात्र १११० जना संक्रमित थपिएका छन् । यसमा ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ रहेको छ ।
पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट ८४२ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालमा हाल ३०७ जना आइसीयूमा रहेका छन् भने ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया