थपिए २ हजार ८ सय ५६ संक्रमित

समाधान संवाददाता २०७७ कार्तिक ९ गते १६:०९

काठमाडौं

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ।

Advertisement

पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार ३३६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ जना निको भएका छन्।

Advertisement

आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८४७ पुगेको छ।

तपाईको प्रतिक्रिया