प्रदेश सरकारको सहयोगमा सडक कालोपत्र

समाधान संवाददाता २०७७ कार्तिक १० गते ६:००

दमौली

गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको बन्दीपुर गाउँपालिकाको डुम्रेदेखि बुद्धसिंह मार्गको घुमाउने जोड्ने थारुवास–ढाडखोलामा सडक कालोपत्र सम्पन्न भएको छ ।

बन्दीपुर गाउँपालिका–२ स्थित थारुबासमा गत असोज पहिलो सातादेखि कालोपत्र शुरु गरिएको थियो ।

Advertisement

प्रदेश सरकारको रु ५० लाखको सहयोगमा ६ सय मिटर सडक कालोपत्र सम्पन्न भएको बन्दीपुर ढाडखोला मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष सुदीन पौडेलले जानकारी दिए ।

सडक कालोपत्र भएपछि तनहुँ, लमजुङ, गोरखालगायतका जिल्लाका बासिन्दालाई चितवनको नारायणगढ जान सहज हुनेछ ।

Advertisement

अब सङ्घीय सरकारको रु एक करोड ७० लाखको लागतमासोही सडक खण्डमा थप १ हजार ५ सय मिटर सडक कालोपत्रको काम शुरु गरिनेछ ।

त्यसका लागि बोलपत्र सम्पन्न भइसकेको र सडक कालोपत्रेको ठेक्का दमौलीस्थित डायमन्ड कन्स्ट्रक्सन प्रालिले पाएको छ ।

सोही खण्डमा केही समय अघि रु दुई करोडको लागतमा नयाँ ट्रयाक खोलिएको अध्यक्ष पौडेलले बताए। रासस

तपाईको प्रतिक्रिया