पोखरामा थप १०१ जनामा कोरोना संक्रमण
समाधान संवाददाता
२०७७ कार्तिक १० गते ७:४८

समाधान संवाददाता
पोखरामा आज १ सय १ जना कोरोना संक्रमित थपिएका छन् ।
कोरोना पुष्टि हुनेमा ३६ जना प्रहरी छन् । ३१ जना वडा प्रहरी कार्यालय बगर र ५ जना ट्राफिक प्रहरी हुन् ।
सबै स्वाब क्षयरोग उपचार केन्द्र पोखरामा परीक्षण गरिएको हो ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ६७ सय ११ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तीमध्ये ३८ य ४३ जना निको भएका छन् । ६३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।

सम्बन्धित
तपाईको प्रतिक्रिया