व्यासस्थित जामे मस्जिदको पुनर्निर्माण

समाधान संवाददाता २०७७ कार्तिक १० गते १७:०८

रासस, दमौली

तनहुँको व्यास नगरपालिका–४ स्थित नुरी हन्फी जामे मस्जिदको पुनर्निर्माण सम्पन्न भएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय र मुस्लिम समुदायका व्यक्तिहरुको आर्थिक सहयोग गरी कूल रु ३० लाखको लागतमा सो मस्जिदको पुनर्निर्माण सम्पन्न भएको हो ।

Advertisement

प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् मस्जिद पुनर्निर्माणका लागि रु १५ लाख बजेट विनियोजन गरेका थिए।

त्यस्तै सांसद कलिला खानको पहलमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ७ लाख बजेट प्राप्त भएको थियो ।

Advertisement

दमौली निवासी एवं हाल विदेशमा रहेका मुस्लिम समुदायले पनि पुनर्निर्माणका लागि करीब रु १२ लाख सहयोग गरेका थिए ।

सबैको सहयोगले मस्जिदको पुनर्निर्माण सम्पन्न भएको मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए।

उनका अनुसार लकडाउनकै बेला मस्जिद पुनर्निर्माणको काम शुरु गरिएको थियो ।

लकडाउनका कारण काम गर्न समस्या भएपछि निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रु १५ लाखमध्ये रु ११ लाख ७० हजारको मात्रै काम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया