एसियाका केही क्षेत्रमा कोरोनाको जीनमा परिवर्तन, कस्तो होला असर ?

समाधान संवाददाता २०७७ कार्तिक ११ गते ७:५६

एजेन्सी

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ २० देखि ४० वर्ष उमेर समूहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ।

यी उमेर समूहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै गएको भन्दै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो ।

Advertisement

रोगी र अत्यधिक जनघनत्व रहेको स्थानमा अझ बढी जोखिम रहेको भन्दै थप सतर्कता बढाउन संगठनले जोड दिएको छ ।

यसैबीच, उत्तर अमेरिका र एसियाका केही क्षेत्रमा कोरोना भाइरसको जीनमा परिवर्तन आएको एक अध्ययनले देखाएको छ । सो परिवर्तन अत्याधिक संक्रामक हुनसक्ने भएपनि कम घातक रहेको पनि पत्ता लागेको हो ।

Advertisement

सङ्क्रमक रोगको अन्तर्राष्ट्रिय समाजका अध्यक्ष पाउल टेम्वियाले केही देशमा भाईरसको जीनमा आएको परिवर्तनले त्यहाँ मृत्युदर कम देखिएकाले कम घातक हुँदै गएको देखिएको बताए ।

तपाईको प्रतिक्रिया