आज पनि दसैंको टीका लगाइँदै
समाधान संवाददाता
२०७७ कार्तिक ११ गते ९:२१

समाधान संवाददाता
आज पनि दसैंको टीका र जमरा लगाउने क्रम जारी छ ।
नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।
हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज पनि टिका लगाइँदैछ ।
पञ्चाङ्ग निर्णायक समितिको साइत अनुसार दसैंको टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने आफ्नै साइत अनुसार दसैंको टीका लगाइएको छ ।
दसैंका लागि हिजो बिहान १० बजेर १९ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने गएरातिबाट मात्र टीका लगाउन सुरु भएको छ ।
बडादसैंमा यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण टीका लगाउन जानेहरूको चहलपहल घटेको छ ।
सम्बन्धित








रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
उत्पादनमा लगानी गर्दै अर्घौं कृषि सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया