गण्डकीमा थपिए १ सय १३ संक्रमित, कास्कीका ७८
समाधान संवाददाता
२०७७ कार्तिक १२ गते १२:५६

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप १ सय १३ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशका ६ जिल्लामा १ सय १३ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका ७८ जना छन् ।
नवलपरासीमा १६, स्याङ्जामा १२, तनहुँ, गोरखामा ३÷३ र मुस्ताङमा १ संक्रमित थपिएका छन् ।
गण्डकीमा यससँगै कुल कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ११ पुगेको छ । तीमध्ये ४ हजार १४ जना निको भएका छन् भने ६९ जनाको ज्यान गएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया