गण्डकीमा थपिए ३४ संक्रमित, २ को मृत्यु

समाधान संवाददाता २०७७ कार्तिक १२ गते १६:४२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका ५ जिल्लामा ३४ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Advertisement

थपिनेमा कास्कीका १२ जना छन् । तनहुँमा ११, गोरखामा ८, स्याङ्जामा १, बागलुङमा २ संक्रमित थपिएका छन् ।

गण्डकीमा यससँगै कुल कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ४५ पुगेको छ । तीमध्ये ४ हजार ६६ जना निको भएका छन् भने ७१ जनाको ज्यान गएको छ ।

Advertisement

दुईको मृत्यु

गण्डकीमा २ संक्रमितको उपचारका क्रममा निधन भएको छ ।

गोरखा बारपाक सुलिकोट–१ की १९ वर्षीय कोरोना संक्रमितको भरतपुर अस्पताल चितवनको आईसियुमा मंगलबार निधन भएको छ ।

नवलपरासीको गैंडाकोट २ का ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

तपाईको प्रतिक्रिया