पोखरा महानगरको सेवा आजबाट सुचारु हुने
समाधान संवाददाता
२०७७ कार्तिक १२ गते १८:२८

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिकाको कार्यालय बिहीबार (आज)देखि सञ्चालन हुने भएको छ ।
कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि असोज २९ गतेदेखि बन्द रहेको कार्यालय बिहिबारदेखि खुल्ने भएको हो ।
पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको बुधबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नेगरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु कात्तिक १३ गतेबाट संचालन गर्ने निर्णय गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जारी गरेको सूचनामा उल्लेख छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया