च्याम्पियनस लिगमा बार्सिलोनाको सानदार जित

समाधान संवाददाता २०७७ कार्तिक १३ गते ७:१७

एजेन्सी

युरोपिएन च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा युभेन्टस बार्सिलोनासँग पराजित भएको छ ।

इटालियन क्लब युभेन्टस आफ्नै घरेलु मैदानमा समूह जी अन्तर्गत भएको खेलमा स्पेनिस क्लब बार्सिलोनासँग २–० ले पराजित भएको हो ।

Advertisement

कोरोना भाइरसबाट संक्रमित भएका कारण रोनाल्डो आइसोलेशनमा छन्, सोही कारण बार्सिलोनासँगको खेलमा उनी खेल्न सकेनन् ।

भ्रमण टोली बार्सिलोनाका लागि उसमान डेम्बेलेले मेस्सीको सहयोगमा १४ औँ मिनेटमा गोल गरी अग्रता दिलाए ।

Advertisement

इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गरेपछि बार्सिलोना विजयी भयो ।

८५ औँ मिनेटमा मेरिह डेमिरल दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भयो ।

जितपछि बार्सिलोना ६ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ । तीन अंक कम रहेको युभेन्टस दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया