च्याम्पियनस लिगमा बार्सिलोनाको सानदार जित
समाधान संवाददाता
२०७७ कार्तिक १३ गते ७:१७

एजेन्सी
युरोपिएन च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा युभेन्टस बार्सिलोनासँग पराजित भएको छ ।
इटालियन क्लब युभेन्टस आफ्नै घरेलु मैदानमा समूह जी अन्तर्गत भएको खेलमा स्पेनिस क्लब बार्सिलोनासँग २–० ले पराजित भएको हो ।
कोरोना भाइरसबाट संक्रमित भएका कारण रोनाल्डो आइसोलेशनमा छन्, सोही कारण बार्सिलोनासँगको खेलमा उनी खेल्न सकेनन् ।
भ्रमण टोली बार्सिलोनाका लागि उसमान डेम्बेलेले मेस्सीको सहयोगमा १४ औँ मिनेटमा गोल गरी अग्रता दिलाए ।
इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गरेपछि बार्सिलोना विजयी भयो ।
८५ औँ मिनेटमा मेरिह डेमिरल दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भयो ।
जितपछि बार्सिलोना ६ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ । तीन अंक कम रहेको युभेन्टस दोस्रो स्थानमा छ ।
सम्बन्धित








खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया