आजको मौसम कस्तो रहन्छ ?

समाधान संवाददाता २०७७ कार्तिक १३ गते ७:१८

काठमाडौँ

देशका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु भूभागमा मौसम सफा हुनेछ । उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण मौसम सफा रहने भएको हो ।

Advertisement

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

Advertisement

राति भने देशभर मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

तपाईको प्रतिक्रिया