पोखरामा कोरोनाले ३६ वर्षीया महिलाको मृत्यु
समाधान संवाददाता
२०७७ कार्तिक १३ गते ८:००

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको निधन भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत १ संक्रमितको गएराति १२ बजे निधन भएको अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मृत्यु हुनेमा पोखरा १३ की ३६ वर्षीया महिला छन् ।
उनीमा कात्तिक ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आईसियुमा लगिएको थियो । उपचारका क्रममा उनीमा निमोनिया समेत देखिएको थियो ।
गण्डकी प्रदेशमा यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । गण्डकीमा कुल ६ हजार ९ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये ४ हजार ६६ जना निको भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया