उद्याेग वाणिज्य महासंघमा बाबुराम गिरीको उमेदवारी दर्ता

समाधान संवाददाता २०७७ कार्तिक १३ गते १७:००

पोखरा

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा तथा अधिवशनका लागि लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं वरिष्ठ सल्लाहकार बाबुराम गिरीले गण्डकी प्रदेश केन्द्रीय सदस्य पदमा उमेदवारी दर्ता गराएका छन् ।

महासंघको मंसिर ११, १२ र १३ मा काठमाडौ‌ंमा हुने ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि गिरीले बिहीबार लेखनाथ उद्योग वाणिज्य संघको सचिवालयबाट इमेल मार्फत् उमेदवारी दर्ता गराएका हुन् ।

Advertisement

कोरोना भाइरसका कारण सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट उमेदवारी दिन काठमाडौं नै जानुपर्ने वाध्यकारी अवस्थालाई मध्यनजर राख्दै निर्वाचन समितिले अनलाइनबाट नै उमेदवारी दर्ता गर्ने व्यवस्था मिलाएकाले सोही अनुसार गिरीले गण्डकी प्रदेश प्रतिनिधि पदमा उमेदवारी दिएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया