गण्डकीका आयोजनाहरुलाई अर्थमन्त्रीसँग बजेट माग्दै मुख्यमन्त्री

समाधान संवाददाता २०७७ कार्तिक १४ गते १४:४१

समाधान संवाददाता, पाेखरा

मुख्यमन्त्रीले अर्थमन्त्रीसँग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय अर्थमन्त्री विष्णु पौडेललाई भेटेर विभिन्न आयोजनाहरुमा बजेट माग गरेका छन् ।

संघ सरकारले ससर्त अनुदान दिने गरी हस्तान्तर गरेको आयोजनाहरुका लागि बजेट नआएपछि मुख्यमन्त्रीले आज सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगी मन्त्री पौडेललाई भेटेका थिए ।

Advertisement

मुख्यमन्त्रीले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठलाई समेत लिएर गएका थिए । मन्त्री पौडेलले आफ्ना सचिवलाई गण्डकीका आयोजनाहरुमा बजेट उपलब्ध गराउन निर्देशन दिएका थिए ।

संघले गण्डकीलाई हस्तान्तरण गरेका ३२ वटा सडक आयोजनाका लागि २ अर्ब ८६ करोड रुपैयाँ बजेट आवश्यक छ ।

Advertisement

आधारभूत खानेपानीका वर्षाैं पुराना योजनाका लागि १ अर्ब ५ करोड, विशेष खानेपानी आयोजना ४३ वटाका लागि ५२ करोड ८७ लाख, १९ वटा सिँचाइका आयोजनाका लागि १८ करोड ५० लाख, ५० वटा सडक पुलका लागि ३० करोड ५१ लाख र जनता आवास कार्यक्रमका लागि ९० करोड रुपैयाँ चाहिने भौतिक पूर्वाधार सचिव श्रेष्ठले मन्त्री पौडेललाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया