कोरोनाबाट आजमात्रै पोखरामा २ जनाको ज्यान गयो

समाधान संवाददाता २०७७ कार्तिक १४ गते १५:२६

समाधान संवाददाता, पाेखरा

कोरोना भाइरस रोग कोभिड १९ बाट आज शुक्रबार पोखरामा २ जनाको ज्यान गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले २ जनाको मृत्युको पुष्टि गरेको हो । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुने ७५ जना भएका छन् ।

पोखरा महानगरपालिका १५ का ८१ वर्षीय वृद्धको होम आइसोलेसनमै मृत्यु भएको हो । ती वृद्धमा १२ गते कोरोना पुष्टि भएको हो । आज बिहान उनको आफ्नै निवासमा मृत्यु भएको हाे।

Advertisement

स्याङ्जा वालिङ ५ का ७० वर्षीया महिलाको पनि आजै मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयुमा उपचार भइरहेको थियो । उनमा ९ गते कोरोना पुष्टि भएको थियो । ती बिरामीमा निमोनिया लगायत समस्या थिए ।

Advertisement

तपाईको प्रतिक्रिया