पूर्व न्यायाधीश श्रेष्ठको निधन

समाधान संवाददाता २०७७ कार्तिक १५ गते ८:०९

समाधान संवाददाता
पोखरा

उच्च अदालतका पूर्व न्यायाधीश जगतप्रसाद श्रेष्ठको निधन भएको छ । सुगर, प्रेसर लगायत रोगबाट ग्रसित उनको उपचारकै क्रममा शुक्रबार साँझ पोखराका फेवासिटी अस्पतालमा मृत्यु भएको हो ।

बिहीबारमात्र मधुमेह तथा थाइराइड सेन्टर न्युरोडमा सुगरको नियमित परीक्षण गराएका उनमा पिसाबको खराबी देखिएको थियो । सामान्य ज्वरो समेत आएका उनलाई थप असहज भएपछि शुक्रबार साँझ फेवासिटी अस्पताल लगिएको थियो ।

Advertisement

डा. रवीन्द्रप्रसाद श्रेष्ठले अस्पताल आउनुअघि नै उनको निधन भइसकेको बताए । डा. श्रेष्ठले भने, ‘उहाँमा समस्या छ भनेर एकजना दाइले भन्नुभयो, ल अस्पताल ल्याएर भर्ना गरौं न त भनेर बोलाएको हो, ल्याउँदै गर्दा उहाँको सास गइसकेको रहेछ ।’

पर्वतको फलेवासमा जन्मेका श्रेष्ठ हाल पोखराकै मालेपाटनमा बस्दै आएका थिए । २०४३ सालमा शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका उनी २०५८ सालमा जिल्ला न्यायाधीश भएका थिए ।

Advertisement

२०७४ सालमा उनी उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । गएको माघमा उनी उच्च अदालत पोखराबाट उमेर हदका कारण निवृत्त भएका थिए ।

तपाईको प्रतिक्रिया