गल्याङको सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ

रासस, स्याङ्जा
स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ ।
मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताए ।
‘पछिल्लो समय मगर समुदायका बालबालिकालाई यसबारे जानकारी नहुँदा मगर भाषा बोल्न जान्दैनन्,’ प्रअ रानाले भने, ‘मगर भाषा संरक्षण गर्न विद्यालयमा यसको पठन पाठन शुरु गरेका हौं ।’
विद्यालयले गत माघदेखि कक्षा एकमा पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तकलाई आधार बनाएर ऐच्छिकरुपमा एकसय पूर्णाङ्कको मगर भाषाको पठन पाठन शुरु गरेको हो ।
‘कक्षा एकमा अध्ययनरत विद्यार्थीलाई मगर भाषा पढाएका छौं,’ प्रअ राना भन्छन्, ‘आगामी शैक्षिक सत्रबाट अन्य कक्षाहरुमा पनि ऐच्छिक विषयकोरुपमा मगर भाषा पढाउन शुरु गर्छौं ।’
विद्यालयमा हाल १–३ कक्षा सञ्चालन हुँदै आएको छ ।
मगर समुदायको बाहुल्यता रहेको गल्याङ नगरपालिकाको उक्त विद्यालय मगर भाषा पढाउने पहिलो विद्यालय रहेको गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार शर्मा आचार्यले बताए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया