कस्तो रहन्छ ३ दिनको मौसम ?

समाधान संवाददाता २०७७ कार्तिक १५ गते १२:२२

काठमाडौं

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

राति प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

आइतबार प्रदेश २, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

सोमबार देशका पश्चिमी पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया