नवलपुरका २ संक्रमितको होम आइसोलेसनमा मृत्यु, परिवारले गर्‍यो दाहसंस्कार

समाधान संवाददाता २०७७ कार्तिक १६ गते ७:५२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २ संक्रमितको मृत्यु भएको छ । नवलपुरको कावासोती नगरपालिका ६ का ६७ वर्षे पुरुष र गैंडाकोट नगरपालिका २ का ७७ वर्षीया महिलाको शनिबार होमआइसोलेसनमा मृत्यु भएको हो ।

दुवैको दाहसंस्कार परिवारले नै गरेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सुरक्षा निकाय, जनप्रतिनिध र स्वास्थ्यकर्मीको निगरानीमा परिवारले दाहसंस्कार गरेको हो ।

Advertisement

योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ । मृत्यु हुनेमा कास्कीका २६, नवलपुरका १६, तनहुँका १२, गोरखाका ८, स्याङ्जाका ६, बागलुङका ४, लमजुङका ३, म्याग्दीका २ र पर्वतका १ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया