भारतीय सेनाध्यक्षको नेपाल भ्रमण रोक्न माग

समाधान संवाददाता २०७७ कार्तिक १६ गते ७:५७

समाधान संवाददाता, पोखरा

भारतीय सेनाध्यक्ष मनोज नरवणेको नेपाल भ्रमण रोक्न संयुक्त देशभक्त मोर्चाले सरकारसँग माग गरेको छ ।

र्मोचाका प्रवक्ता रामबहादुर पौडेलले प्रेस विज्ञप्ति निकाल्दै नरवणेको नेपाल भ्रमण रोक्न माग गरेका छन् ।

Advertisement

कालापानीबारे विवादित अभिव्यक्ति दिएका नरवणेको नेपाल भ्रमण रोक्न मानार्थ महारथीको दर्जासमेत नदिन माग गरेको छ ।

नरवणेले कालापानी, लिपुलेकका बारेमा नेपाल अरु देशको ईसारामा चलेको भन्दै विवादित अभिव्यक्ति दिएका थिए ।

Advertisement

नरवणेलाई सम्मान दिनू नेपाली जनता र नेपालको हितमा नरहेका र्मोचाको ठहर छ ।

नरवाणेको नेपाल भ्रमण र उनलाई दिने सम्मान रद्ध गर्नका लागि मोर्चाले सोमबार पोखरामा १ घण्टा प्रदर्शन गर्ने भएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडि १ घण्टा शान्तिपूर्ण धर्ना र्मोचाको कार्यक्रम छ ।

नरवाणेले कात्तिकमा नेपाल भ्रमण गर्ने तालिका छ । उनलाई कात्तिक २० गते मानार्थ महारथीको दर्जा दिने तालिका छ ।

तपाईको प्रतिक्रिया