धमाधम बन्दै मुक्तिनाथ जाने सिँढी

एसके थकाली, जोमसोम
पवित्र धार्मिकस्थल मुक्तिनाथ जाने रेलिङसहितको (फुट ट्रेल) सिँढी निर्माणको काम धमाधम भइरहेको छ ।
फुट ट्रेल निर्माणको विषयलाई लिएर मुत्तिनाथ मन्दिर संरक्षण व्यवस्थापन समिति, निर्माण कम्पनी र स्थानीय प्रशासनबीच डिजाइनमा मतभेद हुँदा केही महिना रोकिएको काम कोरोना कहरकाबीच धमाधम अघि बढाइएको हो ।
मुक्तिनाथ पुराङ रानीपौवाबाट सुरु हुने पहिलो मुक्तिनाथद्वारदेखि मन्दिर परिसरसम्मको अन्तिम दोस्रोद्वारसम्म पुग्ने फुट ट्रेल निर्माणका लागि सडक विभाग अन्तर्गतको कालिगण्डकी करिडोरको बेनी—जोमसोम–कोरला सडक आयोजनाले १ करोड बजेट उपलब्ध गराएको थियो ।
रानीपौवादेखि मुक्तिनाथ मन्दिरसम्म पुग्ने तीर्थालु हिँड्ने उक्त बाटो बनाउने ठेक्का खिङ्गा कन्स्ट्रक्सन प्रालिले लिएको छ ।
कात्तिक मसान्तसम्म सक्ने गरी कम्पनीले ६९ लाख लागतमा सम्झौता गरेको थियो । डिजाइनमा सरोकारवालाबीच सहमति नजुट्दा काम नसकिने भएको छ ।
कालिगण्डकी करिडोर सडक आयोजनाले डिजाइन सार्वजनिक नगर्दा र विभिन्न प्राकृतिक विपत्ती लगायतले तोकिएको समयमा निर्माण कार्य प्रभावित बनेको निर्माण कम्पनीका प्रोपाइटर लाक्पा टसी गुरुङले बताए ।
घुमाउरो बाटो बनाउँदा लागत कम हुने तर तीर्थालुको सहजता र स्थानीयको माग अनुसार लागत बढी भएपनि निर्माणको काम अघि बढाएको उनले जानकारी दिए ।
सुरुमा फुट ट्रेल पूर्वपट्टि घुमाउरो डिजाइन अनुसार ३ सय ३५ मिटर लम्बाइ तोकिएको थियो । सरोकारवालाबीचको सहमतिपछि पहिलो द्वारबाट दोस्रोसम्म सिधै ३ सय ५ मिटर लम्बाइमा झारिएको हो ।
फुट ट्रेलको लुपमा परिमार्जन गरी १७ फिट उचाइ उठाएर निर्माणको काम अघि बढेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ का प्राविधिक बुद्धि ओलीका अनुसार फुट ट्रेलको काममा ४० प्रतिशत प्रगति भएको छ ।
बाँकी काम मंसिर मसान्तसम्म सक्ने लक्ष्य रहेको उनले बताए । सिँढी बाटोको १४ प्रतिशत ग्रेड मिलान र ९ डिग्री स्लोप छ ।
‘फुट ट्रेलको स्टान्डर्ड मापदण्ड ४ देखि ८ इन्च हुन्छ । त्यहाँ ४ इन्च कायम गरिएको छ,’ वडा प्राविधिक ओलीले भने ।
सिँढी बाटोको बीच भागबाट दोहोरो रेलिङ हुने भएकाले दृष्टिविहीन तीर्थालुलाई सजिलो हुने उनले सुनाए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेतले दर्शन गरिसकेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर जाने फुट ट्रेल निर्माण सम्पन्न भएपछि आवतजावतमा निकै सहज हुनेछ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया