कौडा खेल्ने १६ पक्राउ
समाधान संवाददाता
२०७७ कार्तिक १६ गते ९:४१

रासस, तनहुँ
तनहुँको भानु नगरपालिका–१० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जना पक्राउ परेका छन् ।
कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ, रामकुमार श्रेष्ठ, भरत लौडारी, मखनकुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ, हेमराज लौडारी, सूर्यकुमार श्रेष्ठ, शङ्कर पाण्डे, शिव पन्त, उद्धव उप्रेती, गजेन्द्र लौडारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
प्रहरीले जुवा खालबाट रु ४८ हजार २७० बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
सम्बन्धित









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया