कास्कीमा १ सय २ सहित प्रदेशभर १ सय ८८ संक्रमित थपिए

समाधान संवाददाता २०७७ कार्तिक १६ गते १०:१२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आइतबार बिहान १ सय ८८ संक्रमित थपिएका छन् ।

प्रदेशका ९ जिल्लामा १ सय ८८ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमध्ये कास्कीका १ सय २ संक्रमित छन् ।

नवलपरासीमा ३१, तनहुँमा २१, गोरखा, लमजुङमा ११÷११, स्याङ्जामा ६, बागलुङमा ३, पर्वतमा २ र म्याग्दीमा १ संक्रमित थपिएका छन् ।

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ५ सय ४ पुगेको छ । तीमध्ये ४ हजार २ सय २१ जना निको भएका छन् भने ७९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया