पोखरामा थप १ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ कार्तिक १६ गते १५:२३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा १७ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएकोे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

Advertisement

कात्तिक ११ गते कोरोना संक्रमण पुष्टि भएर आईसियुमा रहका उनको आज बिहान ११ः५५ बजे निधन भएको हो ।

उनमा कोरोनासहित निमोनिया, मधुमेहको समस्या थियो ।

Advertisement

उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु हुने २५ औं संक्रमित हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

तपाईको प्रतिक्रिया