गण्डकीमा एकैदिन थपिए ३ सय ६६ संक्रमित, कास्कीका २४६

समाधान संवाददाता २०७७ कार्तिक १६ गते १७:३९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आइतबार ३ सय ६६ संक्रमित थपिएका छन् ।

प्रदेशका ९ जिल्लामा ३ सय ६६ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमध्ये कास्कीका २ सय ४६ संक्रमित छन् ।

तनहुँमा ४९, नवलपरासीमा ३१, लमजुङमा १८, पर्वतमा १२, गोरखा, स्याङ्जामा ११/११, बागलुङमा ८ र म्याग्दीमा ७ संक्रमित थपिएका छन् ।

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ७ सय पुगेको छ । तीमध्ये ४ हजार २ सय २१ जना निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया