कोरोना प्रभाव र रगत अभाव

समाधान संवाददाता २०७७ कार्तिक १७ गते ६:४७

सम्पादकीय

सामाजिक संघ संस्थाका अगुवाईमा पोखरामा दैनिकजसो खुल्ला रक्तदान कार्यक्रम हुन्थे । महिनाको तीसै दिन रक्तदान कार्यक्रम हुने गरेका थिए ।

गत असोज महिनाको २७ गतेवाहेक सबै दिन रक्तदान कार्यक्रम भए ।

Advertisement

रगतको संकलन तथा आपुर्तीको जिम्मेवारी पाएको नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गतको क्षेत्रीय रक्त सञ्चार केन्द्र (ब्लड बैंक)ले कात्तिक ५ गते यता सार्वजनिक रुपमा रक्तदानको कार्यक्रमको व्यवस्थापन गर्न सकेको छैन् ।

दसैंको अवधीमा खुल्ला रुपमा कार्यक्रम भएनन्। रेडक्रसका पदाधिकारी तथा ब्लड बैंकका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको कारण आन्तरिक व्यवस्थापनको लागि केहि दिनको लागि कार्यक्रम रोकिएको छ ।

Advertisement

कोरोनाको कारणले रक्तदाताको मानसिकतामा परिवर्तन ल्याएकाले रगत अभाव छ । कोरोनाले रक्तदाताको मनोबल घटेको छ ।

रक्तदानमा गएपछि सिरिन्ज लगाउँदा बस्दा अरु व्यक्तिसँग सम्पर्क हुने पनि डर छ । लकडाउन तथा निषेधाज्ञाको सुरुको अवधीमा केहि असर परेको थियो ।

रेडक्रसको व्यवस्थापन, स्वयंसेवी समूह तथा नियमित रक्तदाता सञ्जालको सक्रियताको कारण कास्कीका रगत अभाव भएको थिएन ।

संकलित रगतको ग्रुप छुट्टाउने कुनै रोगको संक्रमण भए नभएको सबै खालको परिक्षण गरेरमात्र आपुर्ती गरिन्छ । ब्लड बैंकमा दैनिक ७० देखि ८० युनिटसम्म रगत आवश्यक पर्छ ।

सहज अवस्थामा दैनिक १ सय १० देखि १ सय १५ युनिटसम्म रगत संकलन भएको रेकर्ड छ । ब्लड बैकले दिनहुँ ९० देखि ९५ युनिटसम्म आपुर्ती गर्दै आएको थियो । अहिले ३० देखि ३५ युनिटसम्म रगत आपुर्ती गर्दै आएको छ । रेडक्रसले वार्षिक २५ हजार युनिट रक्त सेवा प्रदान गर्दै आएको छ ।

दुर्घटनामा परेका, मिर्गौला खराब भएर डाइलोसिस गराइ रहेका, सर्पले टोकेका बिरामीलाई बढी रगत चाहिन्छ ।

नियमित रक्तदान कार्यक्रम नहुन्दा अहिले पोखरामा ‘ए–बी पोजेटिभ’, ताजा रगत तथा ‘प्लेटलेट रिच प्लाज्मा’ युक्त रगत अभाव छ । ब्लड बैंकमा अहिले नेगेगिटभ समूहका रगतको मौज्दात रहेपनि पोजेटिभ समूहको रगत अभाव छ ।

ताजा रगतको माग बढी भएता पनि ब्लड बैंकले पुरानो स्टक रगतले काम चलाउने गरेको छ ।

खुल्ला रुपमा रक्तदान कार्यक्रम नभएपछि बैंकमा आउने लागि अहिले रक्तदाता खोज्दै व्यवस्थापन गरिरहेको छ ।

रेडक्रसले रगत अभाव हुन नदिन गत चैत ६ गते देखि रक्त संकलन एम्बुलेन्स बस चलाएको छ ।

नेपालमा पहिलोपटक चलाएको बस बोलाएको ठाउँमा पु-याएर रगत संकलन गर्ने व्यवस्था मिलाइको छ ।

रगत अभाव भए स्याङ्जा तनहुँ र ग्रामिण क्षेत्रमा पनि बस पु¥याएर रगत संकलन गर्ने व्यवस्था मिलाइएको छ ।

पछिल्लो समयमा रक्त सेवा प्रदान गर्न रेडक्रसले अत्याधुनिक प्रविधि भित्र्याएको छ ।

काठमाडौं, चितवनसमेत सेवा पु-याउदै आएको रेडक्रसले गण्डकी प्रदेश स्तरको अत्याधुनिकयुक्त रक्त सञ्चार सेवा दिन भवन निर्माण गर्दैछ ।

भवन बने पछि रगतको संकलन, भण्डारण र वितरणको लागि सहज बन्ने अपेक्षा गरिएको छ ।

रेडक्रसले ब्लड बैंकका केहि कर्मचारी कोरोना संक्रमित भएको केहि आइसोलेसनमा बसेको अवस्थामा रक्त संकलन, भण्डारण र आपुर्ती व्यवस्थापनको लागि वैकल्पिक टोली तयार गरेको छ ।

टोलीलाई स्टाण्डबाई राखेर जहा विपद् त्यहाँ रेडक्रस भन्ने नाराका साथ रेडक्रसले कात्तिक १९ गतेबाट रगत संकलन गर्ने योजना बनाएको छ ।

रगतको मागलाई व्यवस्थापन गर्न रेडक्रसले सबै रक्तदाता संघ संस्थालाई नियमित रक्तदान गर्न आह्वान गरेको छ ।

माइकिङ गर्नेदेखि सार्वजनिक सञ्चारमाध्यम मार्फत रक्तदाताको सञ्चाल, दुर्लभ रक्तदाताको समूह, स्वयंसेवी रक्तदाता लगायत सबैमा नियमित काममा जुट्न अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया