कोरोना संक्रमित बढेसँगै बेनीमा सचेतनामूलक अभियान

राकेश शर्मा, म्याग्दी
म्याग्दीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै बेनीमा संक्रमणबाट जोगिन सचेतनामूलक अभियान चलाइएको छ ।
कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले स्वाब दिएर समुदायमा घुलमिल हुँदा संक्रमित बढेपछि एकसाता अतिआवश्यक वाहेकको सेवा बन्दगरी आइतबारदेखि अभियान थालिएको हो ।
जिल्ला संकट व्यवस्थापन समिति, बेनी नगरपालिका र स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा र्याली निकालेर घरबाहिर ननिस्कन, संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको थियो ।
सार्वजनिक स्थानहरुमा भिडभाड नगर्न, लक्षण देखिएका लागि स्वाब दिन अनुरोध गर्दै टोलीले घरदैलो गरेको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले समुदायस्तरमै कोरोना फैलनबाट रोक्न, भिडभाड हुने सरकारी निकायको सेवाप्रवाहलाई एकहप्ता स्थगन गरेर सचेतना कार्यक्रम गरेको बताए ।
उनले बाहिरी जिल्लाबाट आउनेहरुबाटै जोखिम बढेपछि समुदायमा अपरिचित वा बाहिरबाट आएकालाई निगरानी गर्न टोलटोलमा स्वयंसेवक समेत खटाउने गरी स्थानीयतहसँग सहकार्य गरिएको जानकारी दिए ।
पछिल्लो समय बेनी बजारमा रुघा, खोकी लगायत स्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीको स्वाब संकलन गरी पिसिआर परीक्षणको क्रममा लक्षण सहितका संक्रमति भेटिन थालेको स्वास्थ्य कार्यालयले जनाएको छ ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया