धार्चेमा पर्यटन र पर्वतारोहणको पढाइ

समाधान संवाददाता, गोरखा
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको वडा नम्बर ४ लाप्राकको मणिकामदेवी माध्यमिक विद्यालयमा गण्डकी प्रदेशमै पहिलोपटक पर्यटन र पर्वतारोहण विषय पढाउन थालिएको छ ।
गत वर्ष अध्ययन अध्यापनको अनुमति पाएको विद्यालयले कक्षा ११ र १२ मा ति विषय पढाउन थालेको हो ।
कक्षा ११ मा अनिवार्य विषयवाहेक ४ ऐच्छिकको रुपमा ती विषयलाई समावेश गरिएको विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए ।
विद्यालयमा यसअघि मनोविज्ञान,शिक्षा, व्यवस्थापन र गणित पठनपाठन हुँदै आएको थियो । प्रधानाध्यापक गुरुङले पर्यटन र पर्वतारोहण विषय प्रति विद्यार्थीको आकर्षण समेत बढेको बताए ।
उनका अनुसार पहिलो वर्ष ती विषय पढ्ने विद्यार्थीको संख्या ४३ छ । पठनपाठनलाई प्रभावकारी बनाउन विद्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानबीच सम्झौतासमेत भएको छ ।
ती विषय पढाउन दक्ष अनुभवी प्रशिक्षक तथा पाठ्यक्रम र अध्ययन सामग्रीहरु प्रतिष्ठानले उपलब्ध गराउने छ । पठनपाठनको सबै प्रबन्ध भने विद्यालयले मिलाउने सम्झौता भएको छ ।
सैद्धान्तिक पठनपाठनको अलवा विद्यालयले रक क्लाइम्बिङ, क्यानोनिङ, हिलक्लाइम्बिङ जस्ता प्रयोगात्मक संरचना तयार पारेको छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साललेस्कुलतहमा ती विषय पढाएर विद्यालयले उदाहरणीय काम गरेको बताए ।
पर्यटन र पर्वतारोहण प्रदेशमा तालिम प्रशिक्षणको रुपमा चलाएको भएतापनि विद्यालय तहमा पठन पाठन नभएको उल्लेख गर्दै उनले साहसिक पर्यटनमा नेपालको भविश्य रहेको दावी गरे ।
धेरैलाई ज्ञान नहँुदा साहसिक पर्यटनको प्रवद्र्धन हुन नसकेको चर्चा गर्दै उनलेसाहसिक पर्यटनको क्षेत्रमा लगानीसमेत बढेको बताए । उनले विद्यालयबाट उत्पादन हुने नयाँ जनशक्तिको खपत देशको पर्यटन क्षेत्रमा हुने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले शिक्षालाई प्राविधिक, समय सापक्ष स्तरीय र व्यावहारिक बनाउन सुझाव दिए ।
गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले पर्यटन र पर्वतारोहण विषय मास्टर डिग्रीसम्म अध्यापन गराउने योजना बनाएको जानकारी दिए ।
उनले पर्यटन र पर्वतारोहण पढाइ हुने क्याम्पससँग समन्वय गरेर स्थानीय विषयसमेत समावेश गरी पठनपाठन गर्ने योजना सुनाए ।







औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया