व्यवसायी एवं कांग्रेस नेता सूर्यबहादुर केसीको निधन
समाधान संवाददाता
२०७७ कार्तिक १८ गते ७:२८

पोखरा
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको सोमबार राति निधन भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनको राति घरमै निधन भएको हो ।
उनी लामो समयदेखि सुगर र प्रेसरका बिरामी हुन् ।
लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उनी ३ वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च हुन् ।
उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए ।
रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक उनको जलविद्युत क्षेत्रमा समेत ठूलो लगानी छ ।
तपाईको प्रतिक्रिया