पोखरामा थप १ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ कार्तिक १८ गते ९:०८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा ५ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएकोे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

Advertisement

कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएर आईसियुमा रहकी उनको सोमबार राति ११ बजे निधन भएको हो ।

उनमा कोरोनासहित निमोनिया र मुटुको समस्या थियो ।

Advertisement

उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु हुने २६ औं संक्रमित हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।

तपाईको प्रतिक्रिया