गण्डकी प्रदेशका युनिट भ्रमणमा सशस्त्रका आइजिपी, कोरोना संक्रमित कर्मचारीलाई पनि भेटे

समाधान संवाददाता २०७७ कार्तिक १८ गते १०:५३

पोखरा

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गण्डकी प्रदेशका विभिन्न इकाइहरुको निरीक्षण गर्नुका साथै कोरोना संक्रमित कर्मचारीलाई समेत भेटेका छन् ।

महानिरीक्षक खनालले नम्बर ४ मुक्तिनाथ बाहिनी पोखरा, नम्बर २३ मनकामना गण तनहुँ, नम्बर २४ कालिका गण पोखरा, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरा तथा गोरखा गुल्म समेतको निरीक्षणको क्रममा उच्च अनुशासन र इमान्दारिताका साथ राज्यले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।

Advertisement

संगठनको आदेश र निर्देशनको पूर्ण पालना गर्न तथा एक व्यक्तिको बदमासीका कारण सिंगो संगठनको बद्नाम हुने कार्य नगर्न समेत निर्देशन दिए ।

सशस्त्र प्रहरी कर्मचारीको सन्ततिको गुणस्तरीय शिक्षाका लागि प्रादेशिकस्तरमा विद्यालय हरुको स्थापना र कर्मचारीको स्वास्थ्य उपचारका लागि अस्पतालको समेत स्थापना गर्दै लगिएको उनले बताए ।

Advertisement

उनले कार्यक्षेत्रमा उच्च मनोबल र अविचलित रही कार्य गर्न समेत निर्देशन दिए । निरीक्षणका क्रममा उनले कोरोना संक्रमित कर्मचारीलाई समेत भेटेर नआत्तिन र आफ्ना कर्मचारीको स्वास्थ्य उपचारका लागि संगठनले सक्दो कार्य गर्ने समेत प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया