कति छ आज सुनको मूल्य ?

समाधान संवाददाता २०७७ कार्तिक १८ गते १२:११

काठमाडौं

अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज मंगलबार पुनः बढेको छ ।

हिजो सोमबारको तुलनामा आज तोलामा चार सय रुपैयाँले सुनको भाउ बढेको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबारका लागि छापावाल सुन तोलाको ९५ हजार ४ सय तोकेको छ ।

हिजो तोलाको ९५ हजार रुपैयाँ थियो ।

Advertisement

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले नै बढेर ९४ हजार ९ सय पुगेको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि निरन्तर बढेर तोलाको १२ सय १० पुगेको छ ।

तपाईको प्रतिक्रिया