धौलागिरि अस्पतालमा १ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ कार्तिक १८ गते १३:१२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका ३ की ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएकोे धौलागिरि अस्पतालले जनाएको छ ।

Advertisement

कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएर आईसियुमा रहकी उनको आज बिहान १०ः२० बजे निधन भएको हो ।

उनमा कोरोनासहित उच्च रक्तचाप, थाईराइड, मधेमेहकोको समस्या थियो ।

Advertisement

उनी धौलागिरि अस्पतालमा मृत्यु हुने पहिलो संक्रमित हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८२ पुगेको छ ।

तपाईको प्रतिक्रिया