सांसद केसीको निधनमा कांग्रेस संसदीय दल गण्डकीको शोक

पाेखरा
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा संविधासभाका सदस्य सूर्यबहादुर केसीको निधनप्रति नेपाली कांग्रेस संसदीय दल, गण्डकीले शोक व्यक्त गरेको छ ।
व्यवसायी तथा समाजसेवी समेत रहेका केसीको गएराति साढे १० बजे निवासमै निधन भएको थियो । उनको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको र देशले एक सफल व्यवसायी गुमाएको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
एक विज्ञिप्त जारी गर्दै कांग्रेसले भनेको छ, देशले एक कर्मनिष्ठ राजनीतिकर्मी, एक सफल व्यवसायी, उद्योगी, समाजसेवी, व्यक्तित्व गुमाएको छ । शोकको यस घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ । उहाँले पुर्याएकाे योगदान सदा स्मरणीय हुनेछ ।”
६३ वर्षीय केसीको मंगलबार बिहान पोखरास्थित शान्तिघाटमा अन्त्येष्टि गरिएको छ । उनी पोखरालाई कर्मथलो बनाएर दक्षिण एसियामै चाउचाउ उद्योग खोल्ने पहिलो व्यक्ति समेत हुन् ।
पाेखरा नगर पञ्चायतको प्रधानपञ्च हुँदै संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्य बनेका केसीमा सुगरको रोग थियो । गएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्मुखमा उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया