सांसद केसीको निधनमा कांग्रेस संसदीय दल गण्डकीको शोक

पाेखरा
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा संविधासभाका सदस्य सूर्यबहादुर केसीको निधनप्रति नेपाली कांग्रेस संसदीय दल, गण्डकीले शोक व्यक्त गरेको छ ।
व्यवसायी तथा समाजसेवी समेत रहेका केसीको गएराति साढे १० बजे निवासमै निधन भएको थियो । उनको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको र देशले एक सफल व्यवसायी गुमाएको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
एक विज्ञिप्त जारी गर्दै कांग्रेसले भनेको छ, देशले एक कर्मनिष्ठ राजनीतिकर्मी, एक सफल व्यवसायी, उद्योगी, समाजसेवी, व्यक्तित्व गुमाएको छ । शोकको यस घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ । उहाँले पुर्याएकाे योगदान सदा स्मरणीय हुनेछ ।”
६३ वर्षीय केसीको मंगलबार बिहान पोखरास्थित शान्तिघाटमा अन्त्येष्टि गरिएको छ । उनी पोखरालाई कर्मथलो बनाएर दक्षिण एसियामै चाउचाउ उद्योग खोल्ने पहिलो व्यक्ति समेत हुन् ।
पाेखरा नगर पञ्चायतको प्रधानपञ्च हुँदै संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्य बनेका केसीमा सुगरको रोग थियो । गएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्मुखमा उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया